सोमाली सेनाको कारवाहीमा ४३ अल शब‍ाब लडाकु मारिए « Khabarhub

सोमाली सेनाको कारवाहीमा ४३ अल शब‍ाब लडाकु मारिए


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारवाहीका क्रममा इस्लामिक लडाकु संगठन अल शबाबका ४३ लडाकु मारिएका छन् ।

सोमाली सेनाको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल शबाबका लडाकुहरुले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा सेनाले हवाई कारवाही गरेको हो ।

उक्त कारवाहीका क्रममा शनिबार राति ती लडाकु मारिएको सोमाली राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।

एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–शबाबका लडाकुहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना त्यहाँका सूचना मन्त्रालयले प्राप्त गरेको जनाइएको छ ।

सोही सूचनाका आधारमा सेनाले हवाई आक्रमण गरी कारवाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको छ ।

त्यस कारवाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाकु घाइते भएका पनि बताइएको छ । सोमाली सरकारले आतङ्ककारी घोषणा गरेको अल शबाब समूहका विरुद्धमा सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारवाहीलाई जारी राखेको छ ।

सो कारवाहीमा केही सामुदायिक समूहको पनि संलग्नता रहेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल शबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०१ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।