गायक मुरलीधर राप्रपा प्रवेश | Khabarhub Khabarhub

गायक मुरलीधर राप्रपा प्रवेश


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएका छन् ।

अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए ।

उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो, पहाडको पल्लो डाँडामा छ सानो गाउँ जस्ता दर्जनौँ चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ४६ बजे

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

बुङ्गल हाइड्रोको आईपीओ आउने 

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले

फिल्म ‘सिटमोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष