रूपन्देही र धनुषामा डुबेर दुईको मृत्यु « Khabarhub

रूपन्देही र धनुषामा डुबेर दुईको मृत्यु


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका-१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिका-१३ मणिमण्डव पोखरीमा डुबेर सोही उपमहानगरपालिका-१४ बस्ने १६ वर्षीय प्रिन्स राउतको आइतबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर बेहोस भएका उनको मधेश प्रदेश विज्ञान प्रतिष्ठान अस्पताल मणिपाल जनकपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४३ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको