बेलायती महारानीको अन्त्येष्टि सम्पन्न « Khabarhub

बेलायती महारानीको अन्त्येष्टि सम्पन्न


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ । राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो ।

राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो ।

महारानीको अन्त्येष्टिका लागि विभिन्न देशका प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।

सन् १९६५ मा विन्स्टन चर्चिलपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।

राजकीय अन्त्येष्टिको दिन बेलायत सरकारले औपचारिक रूपमा बिदाको रूपमा घोषणा गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुगेका थिए ।

महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले महारानीको न्यानो मनस्थितिलाई स्मरण गर्दै भने, “उहाँको नरमपन र शिष्टताले विश्वलाई प्रभावित पारेको थियो । उहाँसँग भेट हुँदा उहाँले भन्ने गरेका ‘के तपाईं ठीक हुनुहुन्छ ? म तपाईंको लागि केही गर्न सक्छु ? तपाईंलाई के चाहिएको छ ?’ जस्ता उहाँका शब्दहरूले मलाई मेरी आमाको याद दिलाउँछ ।’

महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका थिए ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान थिइन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ११ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय