जर्मन चान्सलर सोल्जले खाडी मुलुकको भ्रमण गर्ने « Khabarhub

जर्मन चान्सलर सोल्जले खाडी मुलुकको भ्रमण गर्ने


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनीका चान्सलर ओलाफ सोल्ज खाडी मुलुकको भ्रमणमा जाने भएका छन् । खाडी मुलुकको भ्रमणका क्रममा उनले साउदी अरब पुगेर त्यहाँका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् ।

आगामी साता उनी साउदी अरबसँगै कतार र संयुक्त अरब इमिरेट्स (युएई) पनि पुग्ने उनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशङ्कामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिम मुलुकहरुमा परायाको रुपमा हेरिन्थ्यो ।

तर, रुसले युक्रेनमाथि आक्रमण गरेको अवस्थामा रूसले युरोपतर्फ ग्यासको आपूर्तिमा कटौती गरेपछि युरोप र युरोपेली साझेदार मुलुकहरुले प्राकृतिक उर्जाको नयाँ स्रोतको खोजी गरिरहेका बेला सोल्जले खाडी मुलुकहरुको भ्रमण गर्न लागेका हुन् ।

सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ सोल्जले शनिबार साउदी अरबको भ्रमण गर्नेछन् । साउदी अरबमा रहँदा उनले युवराज बिन सलमानसँग भेट्नेछन् । उनले स्वास्थ्यमा प्रतिकूलता नरहेमा राजा सलमानसँग पनि भेट्ने बताइएको छ ।

प्रवक्ताले सोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने प्रतिक्रिया दिए ।

प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।

गत जुलाईमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि फ्रान्सको राजधानी पेरिसमा बिन सलमानसँग वार्ता गरेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि केही समयअघि साउदी अरबको भ्रमण गरेका थिए ।

आइतबार सोल्जले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानसँग भेटवार्ता गर्नेछन् । जर्मन अर्थमन्त्री रोबर्ट हेबेकले रूसको ऊर्जा आपूर्तिको प्रमुख विकल्पका रुपमा हेरिएको ग्याससँग सम्बन्धित सम्झौतामा सोल्जले हस्ताक्षर गर्ने अपेक्षा गरिएको बताएका छन् ।

अपरान्ह चान्सलरले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रूसी ग्यासको विकल्प खोज्ने प्रयासमा हेबेकले मार्चमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गरिसकेका छन् ।

आपूर्ति कटौती गर्ने रूसको निर्णयले युरोपमा ऊर्जा सङ्कट निम्त्याएको छ, उपभोक्ता र व्यवसायहरूले जाडो नजिकिदै जाँदा बढ्दो खर्चहरूको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : २५ बजे

रास्वपा महाधिवेशन: पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु