अवैध लागूऔषधसहित सात जना पक्राउ   « Khabarhub

अवैध लागूऔषधसहित सात जना पक्राउ  


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट एक ग्राम ब्राउन सुगरसहित ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-३ बस्ने नवलपरासी घर भएका कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट ३० ग्राम ब्राउन सुगरसहित दमक नगरपालिका-१ बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलिग्राम खैरो हेरोईनसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् ।

प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से।७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हिरोईनसहित जोशिपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ मज्गैबाट करिब ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु।८९ प २०२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ५२ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२