डा. केसीलाई जबर्जस्ती काठमाडौँ लैजाने तयारी « Khabarhub

डा. केसीलाई जबर्जस्ती काठमाडौँ लैजाने तयारी


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौँ लैजाने तयारी गरेको छ ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभई काठमाडौँ नजाने अडान लिएका छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौँबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।

यस्तो छ डा. केसीको स्वास्थ्य अवस्था
डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेबल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तस्राव भइरहेको बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : १३ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने