म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ ।

सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् ।

म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनस्थित लेट येट कोने गाउँमा ती बालबालिका मारिएका हुन् ।

प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो सबैभन्दा ठूलो हताहती हो ।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ ।

राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप