वडातहमै कृषि र पशुसेवा केन्द्र स्थापना  « Khabarhub

वडातहमै कृषि र पशुसेवा केन्द्र स्थापना 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय तहबाट जिल्लामै पहिलो पटक कृषि र पशु सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्रबाट प्रदान गरिँदै आएको सेवा प्रवाहलाई जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यले वडास्तरसम्म कृषि र पशु सेवा केन्द्र लगिएको हो ।

इस्मा गाउँपालिकाको वडा नं ६ अन्तर्गत अम्मरपुरमा कृषि सेवाकेन्द्र र सोही पालिकाको वडा नं ३ अन्तर्गत दर्लामचौरमा पशु सेवा केन्द्र स्थापना गरिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का जानकारी दिए । 

इस्मा गाउँपालिका– ६ अन्तर्गत अमरपुरको राङदालमा रहेको कृषि सेवा केन्द्रमा हाललाई दुई जना कर्मचारी कार्यरत रहने छन् भने ३ नं वडा अन्तर्गत दर्लामचौरमा रहेको पशु सेवा केन्द्रमा दुई जना कर्मचारी कार्यरत रहने गाउँपालिका अध्यक्ष खड्काले बताए । इस्मा गाउँपालिकाको उर्वराभूमिका रुपमा परिचित चौरासी फाँटलगायतका क्षेत्रमा उत्पादित बालीको संरक्षण र त्यसक्षेत्रका किसानले गरेको कृषि र पशुपालन कर्मलाई थप उपलब्धिमूलक बनाउन वडा तहमसम्म सेवा केन्द्र स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र गुल्मी, भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको प्राविधिक सहयोग एवं इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा पशु सेवा केन्द्र र कृषि सेवा केन्द्र स्थापना गरिएको हो । गाउँघरमा उत्पादित कृषिउपज र पशु चौपायामा देखापर्ने विभिन्न समस्या र प्राविधिकको अभावमा किसानले बेहोर्नुपर्ने नोक्सानीलाई सेवा केन्द्रबाट ठूलो राहत पुग्ने बताइएको छ । किसानको समस्या र गुनासोलाई मध्यनजर गर्दै इस्मा गाउँपालिकाले सेवा केन्द्रमार्फत घरमै सेवा उपलब्ध गराउने गरी कामको सुरुवात गरेको हो । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको