डेंगी नियन्त्रणका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा « Khabarhub

डेंगी नियन्त्रणका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । 

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधारहरूको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगी रोगको निणन्त्रणका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । 

उनले कोरोना र डेंगी रोगबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिरामीहरूको स्वास्थ्यलाभको कामना गरे । उनले रोग नियन्त्रणका लागि सबै चिकित्सकहरूको सरकारलाई साथ हुने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री देउवाले स्वास्थ्य सम्मेलनले निकाल्ने निष्कर्ष स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण हुने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको रहेको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ३२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको