‘पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्न नेपालको अग्रणी भूमिका हुनुपर्छ’  « Khabarhub

‘पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्न नेपालको अग्रणी भूमिका हुनुपर्छ’ 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जोमसोम– वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको अग्रणी भूमिका हुनुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङपैरवी सम्मेलनमा मन्त्री यादवले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ नेपालका लागि एउटा महत्वपूर्ण अवसर भएकाले यो मुद्दालाई विश्वव्यापी बनाउने अभियानमा नेपाल लाग्नुपर्ने बताए ।

उनले भने, ‘हामी विश्वको सबैभन्दा अग्लो र लामो पर्वत शृङ्खलाका रुपमा रहेको हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दा हौँ, पर्वतीय विषयमा हाम्रो सबैभन्दा बढी चासो हुनु स्वभाविक हुन्छ, यो अन्तर्राष्ट्रिय वर्ष मनाउन शुभारम्भ गर्ने नेपाल पहिलो मुलुक पनि हो त्यसैले पर्वतीय मुद्दालाई विश्वव्यापिकरण गर्ने अभियानमा नेपालको भूमिका प्रभावकारी हुनुपर्छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालले आगामी दिनमा पर्वतीय मुद्दालाई जोडदाररुपमा उठाउने र अन्य पर्वतीय मुलुकसँग सहकार्य र समन्वय गर्ने योजना रहेकोसमेत मन्त्री यादवले सो कार्यक्रममा जानकारी दिए ।

यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहका माध्यमबाट नेपालको पर्वतीय मुद्दा अझ प्रष्ट भई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे । यो वर्ष खास गरी पर्वतीय जलवायु परिर्वतन, पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला र पर्वत-समथर अन्तरसम्बन्धलाई छलफलमा ल्याइने उनले उल्लेख गरे । 

मन्त्री यादवले नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण रहेकोमा जोड दिए । उनले भने,’नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण छ, यस छलफलले हिन्दु कुश हिमालय क्षेत्र र विश्व समुदायका बीचमा महत्वपूर्ण ध्यानाकर्षण भएको महसुस गरिएको छ ।’ यस मुस्ताङपैरवी अभियानमा विश्व खाद्य सङ्गठन, इसिमोड, युकेएड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, विश्व संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिसिए नेपाल र माउन्टेन पार्टनरसिपको सहभागिता रहेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ४६ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको