‘स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्‌नु अनुचित’ « Khabarhub

‘स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्‌नु अनुचित’


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पर्वत– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्‌नु अनुचित भएको बताएका छन्। जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको बताए। 

उनले राजनीतिक दलहरूकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताए । ‘महाअभियोग लागेको प्रधानन्यायाधीश म निर्दोष छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन हो’, तिमिल्सिनाले भने । 

अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरूबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताए । उनले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरूले आ-आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिँड्नु जायज नहुने बताए ।

अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताए । 

गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र संघीयता सफल हुने बताए । संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधिसभा सदस्य पदम गिरीलगायतले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : २९ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ