विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ : घिसिङ « Khabarhub

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ : घिसिङ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् ।

सुन्दर ट्रेडर्स प्रालिले आज आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए । सवारीसाधनलगायत विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ । ‘पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ’, निर्देशक घिसिङले भने । 

अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उनका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ । विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छुट दिनुपर्ने उनले बताए । घिसिङले भने, ‘एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ ।’

सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादूर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकार समक्ष माग गरे । आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उनको दाबी छ । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ४५ बजे

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा