जुम्लामा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला यही शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ ।

दसैँका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने छ । उनले भने, ‘आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रकारको दालमा छुट दिएका छौँ ।’

प्रमुख विष्टका अनुसार सहुलियत पसल सञ्चालनका लागि एक हजार दुई सय क्विन्टल चामल स्वीकृत भएको छ । बास्तमती चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अरहरको दाल र मुसुरोको दालमा छुट दिइएको छ ।

नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि छ हजार क्विन्टल चामल स्वीकृत भएको छ । हालसम्म एक हजार २० क्विन्टल चामलज ढुवानी भइसकेको विष्टले जानकारी दिए । दसैँ तिहारका लागि मात्रै नौ सय ७० क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ५२ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि