आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा « Khabarhub

आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको नियमित बुलेटिनमा आगामी २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पर्सि तराईका केही स्थानहरुमा र पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त क्षेत्रहरुमा  भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ५२ बजे

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल