हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु « Khabarhub

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ। २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन्। विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन्।

‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गरिएको छ’ एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस मातहतका गैरसरकारी संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘३४ करोड ५० लाख मानिसले अहिले तीव्र भोकमरीको सामना गरिरहेका छन्, यो संख्या सन् २०१९ पछि दोब्बर हो ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्व नेताहरूले २१ औं शताब्दीमा कहिल्यै भोकमरी हुन नदिने वाचा गरे तापनि सोमालियामा फेरि भोकमरी आउन थालेको छ । संसारभर ४५ देशहरूमा ५० करोड मानिस भोकमरीको छेउमा छन् ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : २८ बजे

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था