हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु | Khabarhub Khabarhub

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ। २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन्। विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन्।

‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गरिएको छ’ एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस मातहतका गैरसरकारी संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘३४ करोड ५० लाख मानिसले अहिले तीव्र भोकमरीको सामना गरिरहेका छन्, यो संख्या सन् २०१९ पछि दोब्बर हो ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्व नेताहरूले २१ औं शताब्दीमा कहिल्यै भोकमरी हुन नदिने वाचा गरे तापनि सोमालियामा फेरि भोकमरी आउन थालेको छ । संसारभर ४५ देशहरूमा ५० करोड मानिस भोकमरीको छेउमा छन् ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : २८ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र