हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र | Khabarhub Khabarhub

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हुम्ला – मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ।

मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ। गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए। विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए। केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे। आउँदा–जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साविक मतदानस्थल ४६ कायम छन्। ठाउँसारी कायम चार र सात नयाँ थपसमेत गरी ५७ मतदानस्थल रहेको उनले बताए। हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन्। तेइस घरधुरी रहेको मासपुरको कुल जनसङ्ख्या एक सय तीन रहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४८ बजे

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामीको निधन

वासिङ्टन – आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर),