लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च | Khabarhub Khabarhub

लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्ने निर्णय गरेको छ।

आयोगले गत भदौ ३१ गते उक्त निर्णय गर्दै निर्वाचन खर्च नबुझाउने उमेदवारहरुलाई निर्णय भएको मितिबाट ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा पठाउने निर्णय गरेको छ।

लमजुङ जिल्लाका कूल १ हजार ४१ उम्मेदवार मध्ये जम्मा ६३ जनाले समयमै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी तोकिएको समय भन्दा ढिलो गरी बुझाउने  ३९ जना रहेका छन् भने ९ सय ३९ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। ढिलो वा विलम्ब गरी बुझाउने उम्मेदवारले समेत जरिवाना तिर्नुपर्ने निर्वाचन कार्यालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ।

लमजुङ जिल्लाका ८ बटा पालिकाबाट निर्वाचित प्रमुख र उपप्रमुख मध्ये सुन्दरबजार नगरपालिका प्रमुख र क्व्होंलासोथार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्र समयमै निर्वाचन खर्च विवरण बुझाएका छन्।

विवरण अनुसार क्व्होंलासोथारका ९६ जना उम्मेदवार मध्ये ३३ जनाले समयभित्र निर्वाचन खर्च विवरण बुझाएका छन् भने विलम्ब गरी बुझाउने ६ जना र नबुझाउने ५७ जना रहेका छन्। यसैगरी दूधपोखरी गाउँपालिकामा रहेका ७४ जना उम्मेदवार मध्ये २ जनाले विलम्ब गरी बुझाएको र बाँकीले नबुझाएको विवरणमा उल्लेख छ।

त्यस्तै दोर्दी गाउँपालिकामा निर्वाचित मध्ये कुनै पनि उम्मेदवारले समयमा नबुझाएको उल्लेख छ। पराजित उम्मेदवारले पनि निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान छ। दोर्दीमा १ सय ३५ जना उम्मेदवार संख्या मध्ये १३ जनाले समयभित्र र ९ जनाले विलम्ब गरी बुझाएका छन्। वेसीशहर नगरपालिकामा निर्वाचित मध्ये कसैले पनि समयमा नबुझाएको रेकर्डमा देखिन्छ भने पराजितबाट ७ जनाले समयभित्र र १२ जनाले विलम्ब गरी बुझाएका छन्।

वेसीशहरमा १ सय ६५ जना उमेदवारको संख्या रहेको थियो।  त्यस्तै मध्यनेपाल नगरपालिकामा १ सय ५० जना उम्मेदवार मध्ये २ जना वडा अध्यक्ष र ४ जना वडा सदस्यका उम्मेदवारले मात्र समयमा बुझाएका छन् भने ६ जनाले विलम्ब गरी बुझाएका छन्। ९८ जना उम्मेदवार संख्या रहेको मर्स्याङ्दी गाउँपालिकाबाट कुनै पनि उम्मेदवारले समयमा बुझाएका छैनन्। त्यहाँका १ जना उम्मेदवारले विलम्ब गरी बुझाएको निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी १ सय ५६ जना उम्मेदवार रहेको राईनास नगरपालिकाबाट २ जना वडा सदस्यले मात्र समयमा निर्वाचन खर्च विवरण बुझाएका छन्। विलम्ब गरी २ जनाले बुझाएका छन्। सुन्दरबजार नगरपालिकाबाट प्रमुखसहित २ जनाले मात्र समयमा बुझाएका छन् भने १ जनाले विलम्ब गरी बुझाएको विवरणमा उल्लेख छ। सुन्दरबजारमा कूल १ सय ६७ जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा १ बमोजिम निर्वाचन खर्च विवरण समयमा नबुझाउने उमेदवारहरु मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार र वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई २ लाख रुपैयाँ जरिवाना गर्ने उल्लेख छ।

यसैगरी गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष लगायत अन्य सदस्यहरुका लागि १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ०४ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन