महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा « Khabarhub

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खलङ्गा – दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो।

सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेवल पुल बन्न लागेको हो। यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन्। दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो। त्यसैले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ।

महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन् मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए।

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए। ‘यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ’, उनले भने।  भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ।

पुल निर्माणपछि दार्चुला, बैतडी, डडेलधुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउँछन्। ‘सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्वपूर्ण हुनेछ। उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ’, उनले भने।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको  त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको  बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उनी बताउँछन्।

त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन्। त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन्। नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ। प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ। भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ।

नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ। विसं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो। कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको करिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ। महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५३ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको