सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान « Khabarhub

सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्रो नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालयका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको एकेडेमीको दाबी छ । 

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३.६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा  र सिया लिम्बुद्वयले समान ३.६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा सञ्चालन गर्दै आएको छ । 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : २३ बजे

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय