प्रविधिमैत्री बन्दै तनहुँको भानु नगरपालिका « Khabarhub

प्रविधिमैत्री बन्दै तनहुँको भानु नगरपालिका


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो । नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्‍याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने परियोजना कार्यान्वयनमा जुटेको उनले बताए । 

नागरिक र स्थानीय सरकारको सम्बन्धलाई प्रगाढ बनाउँदै विद्युतीय प्रणालीको प्रयोगले ‘डिजिटलाइजेसन’ गरी कार्यालयको सेवा प्रवाहलाई ‘पेपरलेस’ बनाउन लागिएको उनले बताए । ‘विशेष गरी गर्भवतीलाई सहजरूपमा सेवा उपलब्ध गराउन मेडिकल मोबाइलको प्रयोगलाई प्राथमिकता दिएका छौँ । मेडिकल मोबाइलको प्रयोगबाट गर्भवती महिलाको नियमित परीक्षणको लागि सूचना प्रदान गर्ने तथा बिरामीलाई नगरको अनलाइन पोर्टलमार्फत सामुदायिक स्वास्थ्य स्वयं सेविका, गर्भवती, बिरामी स्वास्थ्यकर्मीसँग लिंक गराई सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । संवेदनशील स्थान, पर्यटकीय क्षेत्र, प्रत्येक वडामा सीसीक्यामरा जडान गरिनेछ’, नगर प्रमुख त्रिपाठीले भने । 

सामुदायिक विद्यालयका लागि विद्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइने, प्रत्येक वडामा प्रविधिमैत्री नागरिक सहायता केन्द्र स्थापना गरिनेछ । प्रत्येक किसानलाई नगरको छुट्टै कृषि एपसँग आबद्ध गराई आर्थिक विकासको लक्ष्य हासिल गरिनेछ । कृषि सूचना, व्यवसायिक योजना निर्माण, अनुदान व्यवस्थापन, सेवा प्रदायक व्यवस्थापन, बिमा, किसान व्यवस्थापन, माटो स्वास्थ्यता तथा मल सिफारिस प्रणाली एवं कृषि प्रोफाइल निर्माणका लागि कृषि विकास तथा उत्पादन नियन्त्रण प्रणाली प्रत्येक किसानमा एपको प्रयोगमार्फत सेवा पुर्‍याइने उनले बताए। 

समष्टिगतरुपमा नगरपालिकालाई पारदर्शी, जवाफदेही, स्थानीय सरकारको सुनिश्चितताको लागि प्रविधिमैत्री बनाउँदै घरमै बसेर मोबाइलबाट सेवा प्राप्त गर्न यो प्रणाली कार्यान्वयन गरी सुशासनको प्रत्याभूति गर्ने अवधारणा ल्याइएको नगर प्रमुख त्रिपाठीले बताए । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ३५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको