त्रिदेशीय सम्बन्ध र समझदारी​​​​​​​ विकास गरिनुपर्नेमा महासचिव गुरुङको जोड « Khabarhub

त्रिदेशीय सम्बन्ध र समझदारी​​​​​​​ विकास गरिनुपर्नेमा महासचिव गुरुङको जोड


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् । 

नेपाल-चीन मैत्री फोरम र समुन्नति फाउण्डेसनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा चिनियाँ विकास र क्षेत्रीय सहयोग’ विषयको अन्तरक्रियामा उनले एशियाली क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि त्रिदेशीय समझदारीको खाँचो औँल्याए । 

‘भूराजनीतिक संवेदनशीलतालाई बुझेर तीन मुलुकबीच सहमति र सहकार्यको आवश्यकता छ’, उनले भने, ‘पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति अपनाउनुपर्नेछ ।’ नेपाल, भारत र चीनको सुरक्षा संवेदनशीलतालाई ख्यालमा राख्दै तीन देश एक हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा ‘नेपालमा वैदेशिक ऋणले पारेको समस्या’ विषयको कार्यपत्र प्रस्तुत गर्दै चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक ऋणले चेपुवामा पर्ने अवस्था आउने गरी कुनै पनि मुलुकसँग ऋण सम्झौता गर्न नहुने बताए । विभिन्न मित्रराष्ट्र तथा दातृ निकायको भन्दा कम ब्याजदरमा चीनले दिने ऋण लिन पश्चिमा शक्तिले निरुत्साहित गरिरहेको उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले ‘दक्षिण एशियामा लगानीका अवसर’ विषयको कार्यपत्र प्रस्तुत गर्दै दक्षिण एशियामा भारतबाहेक अन्य मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घट्दै गइरहेको बताए । उनले भने, ‘डुइङ विजनेस इन्डेक्समा भारतले आफ्नो अवस्था सुधार गर्दै लगिरहेको छ, तर अन्य मुलुकमा नीतिगतरूपमा स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको देखिएको छ ।’

समुन्नति फाउण्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री रेखा शर्माले विश्वपरिवेशमा व्यापक परिवर्तन भइरहेका अवस्थामा नेपालको आर्थिक तथा सामाजिक अवयवलाई प्रभाव पारेकाले सबै सचेत बन्नुपर्ने बताए ,

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : २१ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको