जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास « Khabarhub

जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानी प्रधानमन्त्रीको कार्यालयनजिकै एकजनाले आत्मदाहको प्रयास गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

ती व्यक्तिले आत्मदाह गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आत्मदाहको प्रयास गर्ने व्यक्ति ७० वर्षको रहेको जनाइएको छ ।

ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेको सो टेलिभिजन स्टेसनले जनाएको छ । थिए ।

घटनास्थल नजिकैबाट प्रहरीले ‘म कडा विरोध गर्दछु’ लेखेको पत्र फेला पारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । बुधबार आबेको ६८ औँ जन्मदिन हो ।

जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा गोली हानेर हत्या गरिएको थियो । उनको राजकीय अन्तेष्टि सेप्टेम्बर २७ मा हुँदै छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०७ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य