अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन् | Khabarhub Khabarhub

अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन्



काठमाडौं- पछिल्लो समय सुन्दर देखिनका लागि केहीले बजारका अनेकौँ सामग्रीहरू प्रयोग गर्छन् । त्यसमा पनि युवा माझ पछिल्लो समय हाइड्राफेसियल लोकप्रिय बन्दै गएको छ । घाम, धुलो र धुवाबाट बच्नको लागि मानिसहरू फेसियल गर्ने गर्दछन् । हाइड्राफेसियल गर्दा प्रयोग हुने हाइड्रा–सक्सन मेसिनले अनुहारको डेड–सेल निकालिन्छ । साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको हुन्छ । जसले छालाको फोहोर निकाली चम्किलो बनाउने काम गर्छ । हामीले जुन दिनहुँ मुख धुने, व्यायाम गर्ने गर्दा अनुहारमा फरक देखिन थाल्छ, त्यो हाइड्राफेसियलले एकैछिनमा गरिदिन्छ । यसै विषयमा आधारित भएर अल्का अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. राजन बात्स्यासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

युवापुस्तामा लोकप्रिय बन्दै गएको हाइड्राफेसियल भनेको के हो ?
हाइड्रा भनेको पानी र फेसियल भनेको अनुहार सफा र चम्किलो बनाउने काम अर्थात पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ । यसमा सफा गर्ने र मरेको सेलहरू निकाल्ने गरिन्छ ।

यो कसरी गरिन्छ ?
यो हाइड्राफेसियल गर्ने क्रममा जुन पानी हुन्छ, त्यो पानी त्यसमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ । त्यसमा कुन ठाउँमा गर्ने आँखाको वरिपरि गरिन्छ । त्यो केमिकलहरूको नलेज भएकोले गर्दा राम्रो हुन्छ ।

यो कस्तो व्यक्तिले गर्याे भने राम्रो हो ?
सबैले गर्न मिल्छ । यसले पिम्पलहरू हटाउन धेरै मद्दत गर्दछ । धेरै छालाको केयर गर्ने मान्छेहरूले गर्नु हुन्छ ।

ब्युटी पार्लर गरिने फेसियल र यो अस्पतालमा गरिने हाइड्राफेसियलमा के फरक छ ?
हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ । त्यसले मसाज गर्ने हुन्छ, यसले ब्लड सर्कुलर मिलाउँछ । पार्लरमा हातले गरिन्छ भने हामी मेसिनले नै सबै गछौँ । सुरुमा सबै प्वालहरू सफा गरिन्छ ।

जस्तो छालाको लागि एउटै तरिकाले गरिन्छ कि कस्तो हुन्छ ?
प्रेसर मिलाउनु पर्दछ । कसैको कमलो स्किन हुन्छ । कसैको पिम्पल हुन्छ । त्यसका आधारमा हामीले कुन केमिकल लगाउने भनेर गछौँ ।

अस्पतालमा गएपछि कसरी प्रोसेस सुरु हुन्छ ?
कुनै स्किनमा रोग छ ।कुनै औषधि खानु भएको छ भने गर्न मिल्दैन । नभए आएर गर्दा हुन्छ । यसको समय १५ देखि २० मिनेट लाग्छ ।

एक पटक हाइड्राफेसियल गरेपछि पटक पटक गर्नु पर्दछ कि पर्दैन ?
छाला फेर्ने प्रक्रिया त हुन्छ । तर भिटामिनहरू लगाउँदा एक महिनाको फरकमा गर्दा हुन्छ । धेरै फेस केयर गर्न नसक्ने मान्छेले यो गर्ने हो ।

साइड इफेक्ट हुन्छ कि हुँदैन ?
कुनै रोग छ भने गर्नु हुँदैन । नभए सबै मान्छेले गर्दा हुन्छ । छाला घाममा जोगिन नसक्ने मान्छेहरूले पनि गर्न मिल्छ । कुनै डर मान्नु पर्दैन ।

कति लाग्छ यसको लागत ?
समय अनुसार फरक पर्दछ । हाम्रोमा २५०० देखि ४००० सम्म लाग्छ । नियमित केयर गर्ने घाममा धेरै नजाने गर्दा राम्रो हुन्छ । ट्रिटमेन्ट नै गर्नु पर्दछ । पानी खाने । कोक फेन्टाहरु धेरै नखाने धेरै नुहाउने मान्छेले धेरै साबुन प्रयोग गर्नु हुँदैन । नुहाउन साथ बढी लोसनहरु लगाउने गर्दा धेरै राम्रो हुन्छ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ५९ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट