नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या « Khabarhub

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नाइजर– नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए ।

यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो ।

बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।

‘दाउरा खोज्न गएका अन्य १३ किसानलाई जिहादी समूहले बन्धक बनाइ राखेका छ भने ११ जनाको हत्या गरिएको छ,’ दक्षिणपूर्वी नाइजरको सुरक्षा समस्याबारे नजिकबाट रिपोर्टिङ गर्ने जेउनेस डिफा (डिफा युथ) नामक स्थानीय समूहले फेसबुकमा उल्लेख गरेको छ ।

‘यसबाहेक, आतङ्ककारीहरूले रिहा गरिएका दाउरा सङ्कलन गर्न गएका किसानहरूमध्ये एक जनामार्फत एक सन्देश पठाई स्थानीय बासिन्दाहरूलाई उनीहरूले काम गर्ने क्षेत्रमा अब बारम्बार नजान चेतावनी दिएका थिए,’ समूहको पोस्टिमा भनिएको छ ।

चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए ।

एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसहरूको हत्या गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजरमा सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ ।

नाइजेरियासँगको दक्षिणपूर्वी सीमामा पनि नाइजरले विद्रोहको सामना गरिरहेको छ । यो कुख्यात बोको हरामले सुरु गरेको अभियान हो ।

नाइजर, नाइजेरिया, क्यामरुन र चाडले सन् २०१५ मा बहुराष्ट्रिय संयुक्त कार्यदल ९एमजेटीएफ० लाई पुनर्जीवित गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : १९ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण