राजु श्रीवास्तवको भर्चुअल पोस्टमार्टम « Khabarhub

राजु श्रीवास्तवको भर्चुअल पोस्टमार्टम


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन्। उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ।

यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ। एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए। ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ। पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन्।

उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन्। ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन्। परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए। जसकारण हामी स्पष्ट हुन सकेनौं। त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’,उनले भनेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ११ : २५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने