मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन « Khabarhub

मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६-६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५-५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ । 

सोही अनुरूप मेगा बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकलाई प्राथमिकता दिई यो एक महिने देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १२ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको