जी ७ द्वारा सैनिक परिचालन गर्ने रुसी कदमको निन्दा, थप प्रतिबन्धको तयारी « Khabarhub

जी ७ द्वारा सैनिक परिचालन गर्ने रुसी कदमको निन्दा, थप प्रतिबन्धको तयारी


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका ७ ठूला अर्थतन्त्रको समूह जी ७ का विदेशमन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् । यस समूहका मन्त्रीहरूले युक्रेनमा उत्तेजना बढाउने रुसी कदमहरूको निन्दा समेत गरेका छन् ।

जी ७ का नेताहरुले अझ थप लक्षित प्रतिबन्धहरु लगाउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् ।

‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि पत्रकारहरूलाई भने ।

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी ७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् ।

रुसी सैनिकको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरुको भनाइ छ । उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्र युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : ५५ बजे

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख

अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी