दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश डा. शर्माको इजलासमा
नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपतिविरुद्ध परेको रिट आज न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेको छ । परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका पाँच फरक रिट निवेदनहरू एकसाथ डा. शर्माको एकल इजलासमा आज पेशी तोकिएको हो । संसद्को दुवै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले  प्रमाणीकरण गरेकी थिइनन्। संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै राष्ट्रपति भण्डारीविरुद्ध पाँच फरक रिट निवेदनहरू दर्ता भएका थिए ।

२. राष्ट्रपतिको राजीनामा माग गर्दै मधेस प्रदेशमा आन्दोलनको घोषणा
जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेस प्रदेशमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेस प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो  जसपाले मधेसमा भोलिदेखि शान्तिपूर्ण आन्दोलन गरिने  जनाएको छ ।  असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिया गरिने जसपाले जनाएको छ ।

३. इयुको संसदीय प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेटवार्ता 
नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु) कोसंसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । युरोपेली संसद्की उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो ।  भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा हिजो काठमाडौं आइपुगेको हो ।

४. २४ घण्टाभित्र बजेटभन्दा बाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन निर्देशन 
निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्ने गरी नयाँ योजना र कार्यक्रम कार्यान्वयनमा आएको गुनासो आएपछि आयोगले उक्त निर्देशन दिएको हो ।

५. प्रदेशसभाको पहिलो कार्यकालमा कर्णाली प्रदेशसभामा ५० करोड खर्च
कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झन्डै ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ ३७ करोड २८ लाख ६६ हजार तथा पुँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ । चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ ।

६. आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइँदै 
आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराकासाथ दिवस नेपालसहित विश्वका दुई सयभन्दा धेरै देशमा मनाउने गरिन्छ । नेपालमा यस वर्ष धरहरामा निलो बत्ती बालेर दिवस मनाइएको छ ।  बहिरा समुदायको पहिचान, समानता, विकास तथा मान्यताको सन्देश प्रवाह गर्दै दिवस मनाइएको राष्ट्रिय बहिरा महासङ्घ नेपालले जनाएको छ ।

७. गाडीका ठक्करबाट १७ महिने शिशुको मृत्यु
भक्तपुरको लोकन्थलीमा गाडीका ठक्करबाट १७ महिने शिशुको मृत्यु भएको छ ।  मध्यपुर ठिमी–१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको आज बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  खेल्दै गरेका  सलिक  पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

८. हत्यामा संलग्न ९ जना पक्राउ
इलामको दमकस्थित भुटानी शरणार्थीको हत्यामा संलग्न भएको आरोपमा नौ जना पक्राउ
इलामको चुलाचुली गाउँपालिकामा दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गत असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीरुलाई  पत्रकार सम्मेलन गरी  सार्वजनिक गरिएको हो ।

९. रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने
रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि , आंशिक सेना परिचालनका क्रममा  सर्वसाधरणहरु  रूसबाट  विस्थापित हुन थालेका छन् । जर्मनीले ती नागरिकलाई आफ्नो देशमा शरण दिने जनाएको समाचार संस्था एएफपीले जनाएको छ । रूसी नागरिकले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्ने गृहमन्त्री न्यान्सी फेसरले बताउनुभएको छ ।

१०. बंगलादेशको राष्ट्रिय फुटबल टोली आज नेपाल आउँदै 
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज आइपुग्ने भएका छन्  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली आज  राति नेपाल आउने जनाएको छ । बंगलादेशको टोली  आज राति सवा ९ बजे नेपाल आई पुग्ने तालिका रहेको छ । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १ : ०४ बजे

कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

हेलेन आँधीको जोखिममा फ्लोरिडा

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी– कास्कीको नयाँ पुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै