वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार | Khabarhub Khabarhub

वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीरगञ्ज महानगरपालिका भित्रका १५ वटा सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएका छन् ।

स्थानीय तहमा सहकारी दर्ता, सञ्चालन तथा नियमन सुरु भएसँगै सञ्चालनमा आएका ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएका हुन् ।

महानगरपालिका सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाप्रमुख तथा सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार पछिल्लो १० वर्षमा महानगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएका हुन् ।

महानगरपालिका सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन शाखाका अधिकारी सुजन पटावाका अनुसार सञ्चालक फरार भएका भएका सहकारीका सबैजसो उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । ती सबै सहकारीको सबै विवरण पनि महानगरले प्रहरीकहाँ पठाएको पटावाले जानकारी दिए ।

‘यो झण्डै १० वर्ष यताको तथ्याङ्क हो, ती सबै सहकारीका सञ्चालकको विवरण हामीले जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं’, उनले भने, ‘ती सहकारीका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएका छन् ।’

पटावाका अनुसार, सञ्चालक फरार भएकाले ती सहकारीको सम्पूर्ण निक्षेप र कर्जाको विवरण महानगरमै अद्यावधिक छैन । तर, ती सहकारीबाट हजारौं बचतकर्ता ठगिएका छन् ।

पछिल्लो समय थप १० वटा सहकारीमा बचत फिर्ताको समस्या देखिएको र ती सहकारीका बचतकर्ताहरूले महानगरपालिकाको कार्यालयमा उजुरी गरेको पटवाले जानकारी दिए । समस्या देखिएका सहकारीको समस्या समाधान गर्न महानगरको तर्फबाट समन्वय प्रयास भइरहेको उनको भनाइ छ ।

वीरगञ्ज महानगरबाट प्राप्त सञ्चालक फरार भएका सहकारीको विवरण :

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ३८ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा