वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार « Khabarhub

वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीरगञ्ज महानगरपालिका भित्रका १५ वटा सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएका छन् ।

स्थानीय तहमा सहकारी दर्ता, सञ्चालन तथा नियमन सुरु भएसँगै सञ्चालनमा आएका ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएका हुन् ।

महानगरपालिका सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाप्रमुख तथा सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार पछिल्लो १० वर्षमा महानगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएका हुन् ।

महानगरपालिका सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन शाखाका अधिकारी सुजन पटावाका अनुसार सञ्चालक फरार भएका भएका सहकारीका सबैजसो उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । ती सबै सहकारीको सबै विवरण पनि महानगरले प्रहरीकहाँ पठाएको पटावाले जानकारी दिए ।

‘यो झण्डै १० वर्ष यताको तथ्याङ्क हो, ती सबै सहकारीका सञ्चालकको विवरण हामीले जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं’, उनले भने, ‘ती सहकारीका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएका छन् ।’

पटावाका अनुसार, सञ्चालक फरार भएकाले ती सहकारीको सम्पूर्ण निक्षेप र कर्जाको विवरण महानगरमै अद्यावधिक छैन । तर, ती सहकारीबाट हजारौं बचतकर्ता ठगिएका छन् ।

पछिल्लो समय थप १० वटा सहकारीमा बचत फिर्ताको समस्या देखिएको र ती सहकारीका बचतकर्ताहरूले महानगरपालिकाको कार्यालयमा उजुरी गरेको पटवाले जानकारी दिए । समस्या देखिएका सहकारीको समस्या समाधान गर्न महानगरको तर्फबाट समन्वय प्रयास भइरहेको उनको भनाइ छ ।

वीरगञ्ज महानगरबाट प्राप्त सञ्चालक फरार भएका सहकारीको विवरण :

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ३८ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो