सिरियाली जलक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६१ जनाको मृत्यु « Khabarhub

सिरियाली जलक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६१ जनाको मृत्यु


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेबनानबाट आप्रवासी लिएर आएको एउटा डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका ६१ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ६१ जनाको ज्यान गएको र अरु केही घाइते भएको लेबनान सरकारलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

ज्यान जानेमा अधिकांश आप्रवासीहरु नै रहेको सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त डुङ्गामा एक सय २० देखि एक सय ५० जना जति आप्रवासी सवार रहेको र उक्त डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।

डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका आप्रवासीहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात मुलुकका नागरिकहरु पनि रहेका बताइएको छ ।

त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र स्थानीय माझीलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३० बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप