लाओसमा डेङ्गु ज्वरोको प्रकोप बढ्यो, २५ हजारभन्दा धेरै बिरामी « Khabarhub

लाओसमा डेङ्गु ज्वरोको प्रकोप बढ्यो, २५ हजारभन्दा धेरै बिरामी


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लाओसमा डेङ्गु ज्वरोबाट कुल २५ हजार पाँच सय ४६ जना बिरामी भएका छन् । गत जनवरीयता लाओसमा डेङ्गु ज्वरोबाट २५ हजार ५ सय ४६ जना बिरामी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।

विश्व स्वास्थय संगठन डब्लूएचओले डेङ्गु ज्वरो हाल तीव्र रुपमा फैलिरहेको चेतवानी दिएको छ । लाओसबाहेक दक्षिणपूर्वी एसियाका फिलिपिन्स, थाइल्याण्ड र सिंगापुरमा पनि तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : १४ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप