कम्बोडियामा चिनियाँ नागरिक बोकेको डुङ्गा डुब्दा एक महिलाको मृत्यु, २० जना बेपत्ता | Khabarhub Khabarhub

कम्बोडियामा चिनियाँ नागरिक बोकेको डुङ्गा डुब्दा एक महिलाको मृत्यु, २० जना बेपत्ता


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा कम्बोडियाको सिंहानुकभिलमा दुर्घटनामा परेको बताइएको छ । घटनामा अरु २० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

दुर्घटनापछि १९ जनाको उद्धार गरिएको र एक जना महिलाको शव फेला परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल केही व्यक्तिहरुले आफूहरु गत सेप्टेम्बर ११ मा चीनको गुआङ्डोङ प्रान्तबाट हिँडेको प्रतिक्रिया दिएको प्रान्तीय प्रहरी प्रमुख चुओन नारिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

कुनै समय माछा मार्ने सानो गाउँको रुपमा रहेको सिंहानुकभिलमा चिनियाँ लगानीमा पूर्वाधार एवम् अन्य संरचना निर्माण भइरहेको बताइन्छ । यसबाहेक सो क्षेत्रमा चिनियाँ लगानीमा दर्जनौँ जुवाघरहरु समेत सञ्चालनमा रहेको एएफपीले जनाएको छ ।

सो क्षेत्रमा काम गर्नका लागि अवैधानिक रुपमा चिनियाँ नागरिकहरु आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ३२ बजे

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका