‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग | Khabarhub Khabarhub

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुगिन तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो–औपचारिक शिक्षा । यो समस्या अब हल भएको आजको नेपाल समाचार पत्रमा खबर छ ।

पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २.६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । खुला विद्यालयअन्तर्गत दाङको महेन्द्र मावि तुलसीपुरबाट परीक्षा दिएकी शान्ताले अंग्रेजी, नेपाली र सामाजिकमा ‘बी’, शिक्षामा ‘बी प्लस’ तथा गणित, विज्ञान, स्वास्थ्य र अर्थशास्त्रमा ‘सी प्लस’ गरी समग्रमा ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । छोरी विणुले भने ‘बी प्लस’ ग्रेड ल्याएकी छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ