चार वर्षदेखी लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी « Khabarhub

चार वर्षदेखी लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेदकोट– चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् । विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट चोरी-पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेकालगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ । भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरी, पैठारी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको गोदाममा थन्किएका छन् ।

यसअघि २०७५ सालको वैशाख, जेठतिर गरिएको लिलामबाट भन्सार कार्यालयले झण्डै चार करोड राजस्व असुली भएको थियो । दसैँ, तिहारपछि गाडी लिलाम हुने कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्माले बताए ।

‘यातायातको इञ्जिनीयरले सबै गाडी हेरिसक्नुभएको छ, त्यसको रिपोर्ट तयार भइरहेको छ’, उनले भने, ‘रिपोर्ट प्राप्त गरेपछि मूल्यांकन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’

विगतमा कोरोनालगायत विभिन्न कारणले गाडी लिलाम गर्नमा ढिलाइ भए पनि अब भने त्यस्तो नहुने उनको दाबी छ । ‘कर्मचारी अपुग भएकाले लिलामका लागि ०७८ साल माघमा विभागबाट कर्मचारी थप तथा काजमा मागेका थियौँ, त्यस पछि गाडीको चेसिज, इन्जिन हेरेका थियौँ’, भन्सार अधिकृत विश्वकर्माले भने, ‘लिलाममा ढिलाइ हुदा गाडीको मूल्य घट्ने हुनाले त्यसो नहोस् भनेर आर्थिक वर्ष २०७८-७९ मा सक्ने चाहना थियो, तर प्राविधिक कारणले गर्न सकेनौँ, अब यसमा एक-दुई महिनाभन्दा बढी लाग्दैन ।’

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : १८ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा