'समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक' | Khabarhub Khabarhub

‘समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक’


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्  । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देश विकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताए।

नेकपा (एमाले) को तनहुँ-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । ‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ’, उनले भने। उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए ।

नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् सांसद केदार सिग्देलले पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए । देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनको भनाइ थियो । एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले समानुपातिकमा तनहुँ वञ्चित भएको भन्दै आगामी निर्वाचनमा तनहुँबाट समानुपातिकमा प्रतिनिधित्व गर्नुपर्ने बताए ।

एमाले नेता एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले नयाँ कार्यक्रमलाई लिएर आगामी निर्वाचनमा एमाले जनताको घरमा जानुपर्ने धारणा राखे । उनले गठबन्धनभन्दा एमाले कमजोर नरहेको बताए । आर्थिक समृद्धि अबको आवश्यकता भएको उनको भनाइ थियो ।

नेकपा एमाले तनहुँका नेता रत्नकुमार श्रेष्ठले तनहुँको विकासको नेतृत्व एमालेले लिने बताए । सम्पर्क मञ्चका अध्यक्ष बुद्धि मिश्रले आगामी निर्वाचनमा एमालेलाई जिताउन काठमाडौँ बसोबास गरेका तनहुँवासी आजैदेखि लाग्नुपर्ने बताए । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ३२ बजे

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ– प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

आइएमएफले नेपालको अर्थतन्त्र सुध्रिएको भन्यो : अर्थ मन्त्रालय

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र सुधार हुँदै

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर