टेण्डर र डीपीआर प्रक्रिया पूरा नगरी ४६ करोडको योजना शिलान्यास « Khabarhub

टेण्डर र डीपीआर प्रक्रिया पूरा नगरी ४६ करोडको योजना शिलान्यास


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आएका थिए ।

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया-वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, ईनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गरेका छन् । उक्त सडकखण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।

यसैगरी मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ विकासशील चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोटदेखि विकासशील चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गरेका छन् ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रमअन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले डिपिआर स्वीकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।

काठमाण्डौंको मनिषा ईन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डिपिआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठिक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्विकृत गर्नुपर्ने र उक्त डिपिआरकै आधारमा टेण्डर आहवान गरेर ठेकेदार छनौट प्रक्रिया गर्नुपर्ने हुन्छ ।

साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डीपीआरलाई स्विकृतनै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिएका हुन् । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ४६ बजे

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन