प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन « Khabarhub

प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए । मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरूका संगठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताए ।  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले समाजमा भएका घटनाको सत्यतथ्य सूचना सञ्चार क्षेत्रले यथार्थ तथा निष्पक्ष भई प्रस्तुत गर्नुपर्ने बताए । सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख खतिवडाले जनताको सामाजिक रूपान्तरणका लागि सञ्चारकर्मी संवेदनशील हुनुपर्नेमा बताए। उनले पार्टीले आसन्न निर्वाचन प्रचारका लागि जिल्ला, प्रदेशका प्रचार कमिटीसँग समन्वय गरिरहेको छ भने ।  

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाइँले श्रमजीवी पत्रकारका सेवासुविधा कटौती गर्न थालिएकोमा चिन्ता व्यक्त गरे । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षत्रय विश्वमणि सुवेदी, नवराज छतकुली र शान्तराम बिडारी, पत्रकार ध्रुव रायमाझीलगायतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उक्त भेलाले उपत्यका र प्रदेशमा केही कमिटी निर्माण गरी जिम्मेवारी तोक्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : ३६ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा