मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल « Khabarhub

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।  

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । ती पसलबाट हरेक चामलको मूल्यमा प्रति एक केजीमा सात रुपैँया छुट दिइएको छ । कार्यालय प्रमुख भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ । 

सुपथ मूल्य पसलमा मुगु जिल्लाका छायानाथ रारा नगरपालिका र मुगुमकार्मारोगं गाउँपालिकाबाट प्रत्येक दिन तीन सयदेखि चार सयजना चामल लिन आउने गरेको कार्यालयले जानकारी दिएको छ । चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनका लागि कम्पनी कार्यालय मुगुले १५ सय क्विन्टल चामल बिक्री गर्ने भएको छ । 

कर्णालीका अन्य जिल्लाभन्दा मुगु सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । मुगुमकार्मारोगं गाउँपालिकाको पुलु डिपो केन्द्रमा अझैसम्म खाद्यान्न पुग्न सकेको छैन । पुलु डिपो केन्द्रका लागि ठेक्का प्रक्रिया नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य हालेर किन्न बाध्य भएका छन् । 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ३८ बजे

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा