काठमाडौँ– सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर-घरमा डेंगी पुगेको महसुस गर्न थालेको बताए । डा.पुनले आफूले एक दिनमा ७०-८० जनासम्म डेंगीका बिरामी जाच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरूले वरिपरि लामखुट्टे धपाएर बस्ने की कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए । नेपालले कोभिड महामारीबाट पनि पाठ नसकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्त्याउला भन्न नसकिने उनको भनाई छ ।
सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुनसक्ने बताए ।













प्रतिक्रिया