पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी « Khabarhub

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो ।

आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दाबी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् ।

अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् ।

गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षाका कारण अनेपिक्षत क्षति भएको अधिकारीहरूले बताएका छन् ।यसअवधिमा २० लाख १० हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखौँ मानिस घरवार विहिन भएका छन् । उनीहरू विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग