पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी « Khabarhub

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो ।

आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दाबी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् ।

अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् ।

गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षाका कारण अनेपिक्षत क्षति भएको अधिकारीहरूले बताएका छन् ।यसअवधिमा २० लाख १० हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखौँ मानिस घरवार विहिन भएका छन् । उनीहरू विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०० बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र