आबेको अन्तेष्टि खर्च एलिजावेथको भन्दा बढी « Khabarhub

आबेको अन्तेष्टि खर्च एलिजावेथको भन्दा बढी


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

टोकियो– देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्तेष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्तेष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्तेष्टिमा लागेको खर्चभन्दा बढी हो ।

आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ । यसै साताको सुरुमा आबेलाई राजकीय अन्तेष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमी फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।

आबेको अन्तेष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन्। प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : २७ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते