डेंगु महामारीको प्रभावकारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह  « Khabarhub

डेंगु महामारीको प्रभावकारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगु नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसङ्गमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको बताए ।

अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : १४ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास