बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बसुन्धारामा गए राती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भई प्रहरी वृत्त महाराजगन्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गए राती पौने २ बजे ठोक्किएका थिए ।

ट्याक्सीसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : २८ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास