काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरामा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा ९१ प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

गएरातिको घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा आज बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : १५ बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको