काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरामा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा ९१ प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

गएरातिको घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा आज बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : १५ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम