विश्व इतिहासमा आजः अधिनियम पारितदेखि इभको कृतिमानसम्म « Khabarhub

विश्व इतिहासमा आजः अधिनियम पारितदेखि इभको कृतिमानसम्म


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज १० गते सोमबार। सन् २०२२ को सेप्टेम्बर २६ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २००८ सेप्टेम्बर २६ मा स्वीस डेयरडेभिल, पाइलट र अविष्कारक इभ रसी जेट-पावर्ड विङको सहायताले इङ्लिश च्यानल पार गर्ने पहिलो व्यक्ति बनेका थिए।
– सन् १९९७ सेप्टेम्बर २६ मा इटालीमा दुई वटा भूकम्प जाँदा सेन्ट फ्रान्सिसको बासिलिको भागहरु पतन भएको थियो।

– सन् १९५९ सेप्टेम्बर २६ मा जापानमा भेरा नामक अाँधी जाँदा पाँच हजार मानिसको मृत्यु हुनुको साथै वर्षा र पहिरोले क्षति पु¥याएको थियो।

– सन् १९४३ सेप्टेम्बर २६ मा अष्ट्रेलियाली क्रिकेटर इयान चैपलको जन्म भएको थियो। उनले सन् १९७१ देखि सन् १९७५ सम्म अष्ट्रेलियाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
– सन् १९१७ सेप्टेम्बर २६ मा ‘पोलिगन वूड’को युद्ध सुरु भएको थियो। बेल्जियमको ईप्रामा पहिलो विश्व युद्धअन्तर्गत बेलायती र अष्ट्रेलियाली सेना तथा जर्मन सेनाबीच यो युद्ध भएको थियो।

– सन् १९१४ सेप्टेम्बर २६ मा संघीय व्यापार आयोग ‘एफटीसी’ को स्थापना भएको थियो। सोही दिन उपभोक्ता र बजार संरक्षणको निम्ति संघीय व्यापार आयोग ऐन पनि बनाइएको थियो।

– सन् १८१० सेप्टेम्बर २६ मा उत्तराधिकारको स्वीडिश अधिनियम पारित गरिएको थियो। स्वीडेनको संविधानको भाग रहेको सो ऐन स्वीडिश शाही परिवारको उत्तराधिकारलाई नियमन गर्दछ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २९ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ