अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला « Khabarhub

अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन टी-२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ।

एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो।

भारतको जितमा बिराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्का सहित ६३ रन बनाए। सूर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्का सहित ६९ रन बनाए । अस्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए। यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए। यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए। यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ५५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी