मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड « Khabarhub

मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विविधीकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । तर, अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरी यसको बिक्री वितरण तथा बजारीकरण गरी आयआर्जन वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ ।

पालिका अध्यक्ष गुरुङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाको यस्तो निर्णयले फूल व्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुइँकेलले बाह्रै महिना उत्पादन हुने गरी फूल खेती गरिएको बताए ।

गत वर्षबाट सुरु गरिएको फूल खेतीले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यस वर्ष फूल तथा माला विक्री सुरु भैसकेकाे छ ।

स्थानीय फूल र माला प्रयोग गरी खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : २० बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको