देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन: लिङ्देन | Khabarhub Khabarhub

देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन: लिङ्देन


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दशैँको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । 

दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् । 

‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

 शुभकामना सन्देश :

आजबाट नवरात्र प्रारम्भ भएको छ, असत्यमाथि सत्यको विजयको रुपमा मनाइने उल्लासमय पर्व बडा दशैँको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसंगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौं । आगामी निर्वाचन केवल एउटा पार्टीको विजय वा पराजयसँग मात्रै सम्बन्धित छैन । यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ । हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्‍यौं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतीक्षा गर्नुहुँदैन । जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रूपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।

देवी भवानीले सबैलाई शक्ति, सामर्थ्य र विवेक प्रदान गरून् । सबैमा बडा दशैँको शुभकामना, सबैको जय होस् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ४३ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित