दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन  « Khabarhub

दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन 


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो ।   

‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरूपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको छ । ‘घटस्थापनाको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं,’ टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले भने, ‘विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरि हवाई उडान छनौट गर्न हामी सेवाग्राहीलाई मद्दत गर्दछौं ।’

टिकटभण्डार डटकमको सुरुवातसँगै दशैँको अवसरमा सिलिङ्क्स ट्राभलले दुईवटा अफर घोषणा गरेको छ । यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरूको लागि मात्र लागू हुने जनाइएको छ ।  शैँ अफरअनुसार आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट दिइनेछ र उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ-बैंकक दुईतर्फी निःशुल्क हवाइ टिकट उपलब्ध गरिनेछ । 

टिकटभण्डार डटकममा अनलाइन भुक्तानीको सुविधासमेत रहेको छ । टिकटभण्डार डट कमबाट विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५०० भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सकिने सिलिङ्क्स ट्राभल्सले जनाएको छ । 

सिलिङ्क्स ट्राभल्ससँग रहेका १ हजार ५०० भन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै समयमा हवाइ टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : २३ बजे

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता